Rule 148
कण्डेम्नेशन समिति
: (१) सशस्त्र प्रहरी कर्मचारीहरुको प्रयोजनका लागि वितरण गरिने सामान तथा पोसाकहरु फाटी, टुटी गएको कारण बदली दिनु पर्ने भएमा त्यस्ता सामानहरु समय पुगी मनासिब कारणले फाटे, टुटेको साँचो हो वा होईन यकिन गर्न प्रधान कार्यालयले एक कण्डेम्नेशन समितिको गठन गर्नेछ । सो समितिले आवश्यक जाँचबुझ गरी पेश गरेको प्रतिवेदनको आधारमा प्रधान कार्यालय र क्षेत्रीय भण्डारले सट्टा भर्ना गरी दिनेछ ।
(२) कण्डेम्नेशन समितिमा कम्तीमा तीनजना सदस्य रहनेछन् र सो समितिको अध्यक्ष सशस्त्र प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत हुनेछ ।
(३) प्रधान कार्यालयले केन्द्रीय कण्डेम्नेशन समितिले गरी आएको काम क्षेत्रीय वा अन्य कुनै सशस्त्र प्रहरी कार्यालयलाई सुम्पन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम जिम्मेवारी पाएको क्षेत्रीय वा अन्य कुनै सशस्त्र प्रहरी कार्यालयले गरेको प्रतिवेदनको आधारमा प्रधान कार्यालयले अन्तिम निर्णय गर्नेछ ।